नझुक्किनुस् ! धानखेतमा जंगली हात्तीले आतङ्क मच्चाएको भनिएको भिडिओ बर्दियाको होइन, भारतको हो
techpana.com · Thu Aug 13 14:01:01 GMT 2026

काठमाडौं । बर्दियामा धानबाली खान आएको जङ्गली हात्तीले मानिसलाई आक्रमण गरेको दाबीसहित सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल भइरहेको छ । उक्त भिडिओमा धानखेतमा एउटा हात्ती देखिएको छ, जसलाई स्थानीय बासिन्दाले आगोको राँको देखाएर धपाउन खोजिरहेका छन् । तर, हात्ती भाग्नुको सट्टा उग्र भएर एक व्यक्तिमाथि जाइलागेको देखिन्छ ।
टेकपानाको तथ्यजाँचका क्रममा उक्त भिडिओ बर्दिया वा नेपालको कुनै पनि क्षेत्रसँग सम्बन्धित नरहेको पाइएको छ । भारतको झारखण्ड राज्यस्थित गुमला र राँची जिल्लाको सीमावर्ती क्षेत्रमा भएको घटनालाई नेपालको भन्दै भ्रम फैलाइएको तथ्यजाँचबाट पुष्टि भएको छ ।
Read full story at source (techpana.com)