सहकारीद्वारा चार डेरीमार्ट सञ्चालन
ratopati.com · Thu Aug 13 14:12:15 GMT 2026

चितवन । उत्पादित दुधबाट निर्माण गरिएका दुग्धजन्य परिकारको बिक्रीका लागि जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले चार वटा डेरीमार्ट सञ्चालनमा ल्याएको छ । सङ्घले भरतपुर महानगरपालिका-१० को दूरसञ्चार रोड, इन्द्रेणी चोक, वडा नं ३ को बेलचोक र वडा नं १२ को टाउन चोकमा मार्ट सञ्चालनमा ल्याएको हो ।
स्थानीय उपभोक्तालाई शुद्ध, ताजा र गुणस्तरीय दुग्धजन्य पदार्थ सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सहकारीले मार्टको विस्तार गरिएको हो । सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार नयाँ सञ्चालनमा आएका डेरीमार्टमा किसानबाट सङ्कलित शुद्ध दुध, दही, घिउ, पनिर, नौनीलगायत परिकार उपलब्ध हुनेछन्। सङ्घले एउटा मार्ट निर्माणका लागि करिब रु सात लाख खर्च भएको जनाएको छ ।
Read full story at source (ratopati.com)