उनेपाले भन्याे– सरकारी अधिकारीमाथि अपमान र राजनीतिक दबाब अस्वीकार्य
ratopati.com · Thu Aug 13 14:16:17 GMT 2026

काठमाडौँ । उज्यालो नेपाल पार्टी(उनेपा)ले सत्तारूढ पक्षका केही मन्त्री, सांसद तथा कार्यकर्ताबाट सरकारी कर्मचारी, सुरक्षा निकायका अधिकारी र संवैधानिक निकायका पदाधिकारीप्रति व्यक्त हुँदै आएका अपमानजनक तथा धम्कीपूर्ण अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।
पार्टीका केन्द्रीय सचिव केदार खड्काले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै संसदीय समितिमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई लक्षित गरी धम्कीपूर्ण अभिव्यक्ति दिने, बेनामे उजुरीका आधारमा उच्च अधिकारीलाई सार्वजनिक रूपमा अपमानित गर्ने तथा अनुसन्धान र न्यायिक प्रक्रिया पूरा नहुँदै निष्कर्ष सुनाउने प्रवृत्ति अस्वीकार्य रहेको जनाएको हो ।
Read full story at source (ratopati.com)