बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए
canadanepal.com · Thu Aug 13 14:17:59 GMT 2026

दमौली - बन्दीपुर गाउँपालिका मातहत सञ्चालित बन्दीपुर अस्पतालले वर्षभरि नै सेवा प्रवाह गर्दै आएको छ। अस्पतालले शनिबार तथा सार्वजनिक बिदाका दिनसमेत सेवाग्राहीलाई उपचार सेवा उपलब्ध गराउँदै आएको हो।
अस्पतालका प्रमुख डा. अनिल गिरीका अनुसार आर्थिक वर्ष २०८२/८३ मा अस्पतालबाट २३ हजार ९८० जनाले सेवा लिएका छन्। त्यसमध्ये नियमित बहिरङ्ग सेवाबाट १२ हजार १७१ र अतिरिक्त बहिरङ्ग सेवाबाट ११ हजार ८०९ जनाले सेवा लिएका हुन्।
Read full story at source (canadanepal.com)