रोल्पाको उवा कोटलबारा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १० पुग्यो, ३ जना अझै बेपत्ता
annapurnapost.com · Thu Aug 13 14:38:33 GMT 2026

रोल्पा : रोल्पाको थबाङ गाउँपालिका-५ उवा कोटलबारामा बुधबार साँझ पौने ८ बजेतिर गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। तीन जना अझै बेपत्ता छन्।
बिहीबार बिहान घटनास्थल पुगेका रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मृत्यु हुनेको संख्या १० पुगेको हो। घटनास्थलमा ५ र प्युठानको खोलामा ५ जनाको शव फेला पारिएको छ। मृत्यु हुने ८ जनाको सनाखत भइसकेको छ।
Read full story at source (annapurnapost.com)