गण्डकीका ९ जिल्लामा डेंगु फैलियो
ratopati.com · Thu Aug 13 14:45:44 GMT 2026

गण्डकी । यस वर्ष गण्डकी प्रदेशका ९ जिल्लामा डेंगुको सङ्क्रमण देखिएको छ । गत मङ्गलबारसम्ममा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार जनामा डेंगु सङ्क्रमण पुष्टि भएको हो।
हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेंगु सङ्क्रिमत नभेटिएका केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले बताए। अंग्रेजी महिना जुलाई लागेयता सङ्क्रमितको सङ्ख्या वृद्धि भएको उहाँको भनाइ छ । सो महिनामा मात्र ३९७ जनामा डेंगु पुष्टि भएको थियो। अगष्ट लागेपछि २१९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य अधिकृत ढुङ्गानाले जानकारी दिए। अधिकांश डेंगु सङ्क्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकामा रहेका उनको भनाइ छ।
Read full story at source (ratopati.com)