स्थानीय बाली लगाउने किसानलाई प्रोत्साहन
ratopati.com · Thu Aug 13 14:48:34 GMT 2026

गण्डकी । किसानलाई स्थानीय जातको खेतीतर्फ आकर्षित गर्न पोखरा महानगरपालिकाले प्रोत्साहन अनुदानसहित बजारीकरणमा सहयोग गर्दै आएको छ । कोदो, कागुनो, उवालगायत स्थानीय जातका बाली जोगाउन महानगरले पहल थालेको हो।
उन्नत र वर्णशङ्कर जातका खाद्यबालीको विस्तारले स्थानीय जातका बाली सङ्कटमा परेका छन् । महानगरको कृषि महाशाखाका प्रमुख मनोहर कडरियाले स्थानीय बालीसम्बन्धी प्रवर्द्धनात्मक कार्यक्रम पनि सञ्चालन गर्दै आएको बताए। “कोदो र कागुनोको न्यूनतम समर्थन मूल्य पनि तोकिएको छ”, उनले भने, “किसानको उत्पादनलाई मूल्य शृङ्खलामा जोड्ने विषयमा पनि महानगरले सहजीकरण गरिरहेको छ।”
Read full story at source (ratopati.com)