कांग्रेस बैठक भोलि पनि बस्ने
lokaantar.com

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आज १८ जना सदस्यले धारणा राखेका छन्। छलफल जारी रहेकाले बैठक भोलि (शुक्रबार) बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेसले जनाएको छ।
बैठकले निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्किएकोमा स्वागत तथा स्वास्थ्यलाभको कामना गरेको छ। यस्तै, पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति आपत्ति जनाउँदै प्रेस स्वतन्त्रताको सम्मान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
Read full story at source (lokaantar.com)