गण्डकीका नौ जिल्लामा डेङ्गी फैलियो
lokaantar.com

यस वर्ष गण्डकी प्रदेशका नौ जिल्लामा डेङ्गीको सङ्क्रमण देखिएको छ । गत मङ्गलबारसम्ममा ८३९ जनामा सङ्क्रमण पुष्टि भएको प्रादेशिक रोग नियन्त्रण केन्द्रले जनाएको छ । सबैभन्दा बढी बागलुङमा ३६६, कास्कीमा २२२, गोरखामा ९९, तनहुँ ६४, म्याग्दी ३३, पर्वत २१, लमजुङ १७, स्याङ्जा १३ र नवलपुरमा चार जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको हो ।
हिमालपारिको जिल्ला मुस्ताङ र मनाङमा अहिलेसम्म डेङ्गी सङ्क्रिमत नभेटिएका केन्द्रका जनस्वास्थ्य अधिकृत पार्वती ढुङ्गानाले बताए । अङ्ग्रेजी महिना जुलाई लागेयता सङ्क्रमितको सङ्ख्या वृद्धि भएको उनको भनाइ छ । सो महिनामा मात्र ३९७ जनामा डेङ्गी पुष्टि भएको थियो । अगष्ट लागेपछि २१९ जनामा सङ्क्रमण देखिएको जनस्वास्थ्य अधिकृत ढुङ्गानाले जानकारी दिए । अधिकांश डेङ्गी सङ्क्रमित बागलुङ नगरपालिका र पोखरा महानगरपालिकामा रहेका उनको भनाइ छ ।
Read full story at source (lokaantar.com)