सुदूरपश्चिम सरकार गठन : भोलि बिहान ११ बजे भित्र दाबी पेस गर्न आह्वान
rajdhanidaily.com · Thu Aug 13 15:09:36 GMT 2026

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले आज बिहीबार पेस गरेको राजीनामा स्वीकृत गर्दै उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका हुन् ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी दीर्घराज भट्टले आज एक विज्ञप्तिमार्फत मुख्यमन्त्री शाहले संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम पदबाट दिएको राजीनामा आजैदेखि लागू हुने गरी स्वीकृत भएको जनाउँदै नयाँ सरकारका लागि दाबी पेस गर्न आह्वान गरिएको बताए ।
Read full story at source (rajdhanidaily.com)