गत्लाङमा डिजिटल ‘क्युआर कोड’ पुस्तकालय निर्माण
reportersnepal.com · Thu Aug 13 15:26:16 GMT 2026

रसुवा । जैविक विविधताले भरिपूर्ण हिमाली जिल्ला रसुवाको गत्लाङ वन क्षेत्रलाई प्रविधिमैत्री बनाउने उद्देश्यले ‘क्युआर कोड’ पुस्तकालय निर्माण गरिएको छ । करिब १७ वर्ष अगाडि लागेको डढेलोबाट भग्नावशेष बनेको वनको पुनरुत्थान गर्दै यहाँका रूखहरूमा ‘क्युआर कोड’ टाँसेर कागजविहीन नवीन पुस्तकालय निर्माण गरिएको हो।
त्रिभुवन विश्वविद्यालय (त्रिवि) वन विज्ञान अध्ययन संस्थानले ‘वनभित्रको पुस्तकालय’ अवधारणाअन्तर्गत यो परियोजना कार्यान्वयनमा ल्याइएको जनाएको छ। २०६५ मा आमाछोदिङमो गाउँपालिका-३ गत्लाङको ज्यार्सा गोठेन सामुदायिक वनमा करिब १०० दिनसम्म लागेको डढेलोले ४६६ हेक्टर क्षेत्र नष्ट गरेको थियो।
Read full story at source (reportersnepal.com)