सन् २०२७ को स्पेनिस सुपर कप टर्कीको इस्तानबुलमा हुने
ratopati.com · Thu Aug 13 15:39:22 GMT 2026
म्याड्रिड । सन् २०२७ को स्पेनिस सुपर कप टर्कीको इस्तानबुलस्थित अटाटुर्क ओलिम्पिक रङ्गशालामा आयोजना हुने भएको छ। स्पेनिस फुटबल महासङ्घले बिहीबार एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।
‘फाइनल फोर’ ढाँचामा खेलिने यो प्रतियोगिता फेब्रुअरी २ देखि ७ सम्म सञ्चालन हुनेछ। प्रतियोगितामा बार्सिलोना, रियल म्याड्रिड, एट्लेटिको म्याड्रिड र रियल सोसिडाड सहभागी हुने महासङ्घले जनाएको छ।
Read full story at source (ratopati.com)