तेस्रो सिजनको एनपिएलका लागि लुम्बिनी लायन्समा श्रीलंकाका डिक्वेलाको निरन्तरता
setopati.com · Thu Aug 13 15:32:00 GMT 2026
लुम्बिनी लायन्सले निरोशन डिक्वेलासँगको सम्झौतालाई निरन्तरता दिएको छ र नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको आउ“दो सिजनमा श्रीलंकाका विकेटकिपर–ब्याटरले च्याम्पियन टोलीबाट पुनः खेल्ने छन् ।
गत सिजन डिक्वेलाले लुम्बिनी लायन्सलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । समूहचरणको चार खेल खेलिसकेपछि डिक्वेला लायन्सको टोलीमा आवद्ध भएका थिए, जतिखेर लुम्बिनीले ३ खेल हारेर संकटको स्थितिमा रहेको थियो ।
Read full story at source (setopati.com)