पत्रकार किशोर श्रेष्ठको घरमा आज पनि मध्यरातसम्म खानतलासीमा प्रहरी
nepallive.com · Thu Aug 13 15:45:20 GMT 2026

काठमाडौं– पत्रकार किशोर श्रेष्ठको घरमा प्रहरीले खानतलासी गरिरहरेको छ । बिहानै उनको पत्रिका जनआस्थाको कार्यालयमा छापा मारेर कम्प्यूटरलगायतका सामग्रीहरु नियन्त्रणमा लिएको प्रहरीले अहिले घरमा खानतलासी गरिरहेको हो ।
आज बेलुका ८ बजेदेखि खानतलासी जारी रहेको प्रहरीले जनाएको छ । वडाध्यक्ष सन्तोष खड्काको उपस्थितिमा ललितपुर प्रहरी, काठमाडौं प्रहरी र अपराध महाशाखाको संयुक्त टोलीले खानतलासी गरिरहेको हो ।
Read full story at source (nepallive.com)