प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’
ratopati.com · Thu Aug 13 16:04:39 GMT 2026

स्याङ्जा । यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार हुन नसक्दा ओझेलमा पर्दै गएको छ । स्याङ्जाको गल्याङ नगरपालिका-१० छहरामा अवस्थित सिद्ध गुफाको धार्मिक एवं ऐतिहासिक महत्व हुँदाहुँदै पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो ।
धेरै वर्ष पहिले गाईगोरु हेर्न आएका गोठालाहरूले गुफा देखेपछि सिद्धको शक्तिका रूपमा यस ठाउँलाई सिद्धको थान मानी पूजाआजा गर्न थालिएको गल्याङ-१० सिद्ध गुफा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ९० वर्षीय पिताम्बर खनालले बताए ।
Read full story at source (ratopati.com)