अदालतबाट एक करोड ५८ लाख जरिबाना ठहर भएका एक जना पक्राउ
ratopati.com · Thu Aug 13 16:10:12 GMT 2026

काठमाडौँ । बैङ्किङ कसुर मुद्दामा रु एक करोड ५८ लाख ५४ हजार ६३० जरिबाना ठहर भई फरार रहेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बैङ्किङ कसुर मुद्दामा फरार सिन्धुपाल्चोक घर भई ललितपुरको बालकुमारी बस्ने ३३ वर्षीय गणेश भण्डारीलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ परेका भण्डारीलाई उच्च अदालत पाटन र काठमाडौँ जिल्ला अदालतले विभिन्न १० वटा बैङ्किङ कसुरका मुद्दा र दुई वटा चेक अनादर मुद्दामा दोषी ठहर गरेको आरोपमा पक्राउ गरिएको हो।
Read full story at source (ratopati.com)