किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट
reportersnepal.com · Thu Aug 13 17:24:12 GMT 2026

काठमाडौं, साउन २८ । सर्वोच्च अदालतमा विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा जनआस्था साप्ताहिका प्रधानसम्पादक किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै रिट निवेदन दर्ता गरिएको छ ।
पत्रकार श्रेष्ठको तर्फबाट उनकी श्रीमती सरस्वती श्रेष्ठले आज थुनामुक्त गर्न माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दर्ता गरेकी हुन् । रिट निवेदनमा बिनाआधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरिएको छ । प्रहरीले बुधबार राति पत्रकार श्रेष्ठलाई पक्राउ गरेको थियो।
Read full story at source (reportersnepal.com)