c
barnanmedia.com · Thu Aug 13 22:21:12 GMT 2026

रोल्पाको थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता भएका थप पाँच जनाको शव छिमेकी जिल्ला प्युठानमा भेटिएको छ । योसँगै उक्त पहिरोमा परेर १० जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठका अनुसार थवाङ गाउँपालिका-५ कोटलबारा गाउँमा बुधबार राति पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए । उनीहरुको शव आज छिमेकी जिल्ला प्युठानमा नदी किनारको विभिन्न क्षेत्रमा भेटिएको हो । शवको पहिचान भइसकेको छ ।
Read full story at source (barnanmedia.com)