केही स्थानमा भारी वर्षाको सम्भावना
nepallive.com · Fri Aug 14 00:25:55 GMT 2026

काठमाडौं– शुक्रबार देशभर सामान्यतया बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिमका तराई भू–भागका धेरै स्थान तथा मधेश प्रदेशमा पनि मध्यम वर्षाको सम्भावना छ।
Read full story at source (nepallive.com)