कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि, देउवाले उद्घाटन गर्ने
hamrakura.com · Fri Aug 14 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौँको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा सुरु हुँदैछ। तीन दिनसम्म (साउन ३१ गतेसम्म) चल्ने यस भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा दिउँसो १ बजे हुने तय गरिएको छ।
प्रचारप्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार भेलाको उद्घाटन सत्रपछि आगामी दुई दिनसम्म बन्दसत्र सञ्चालन हुनेछ। पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्व र सभापतित्वमा हुने यस राष्ट्रिय भेलामा देशभरबाट करिब ५ हजारको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूको सहभागिता रहने आयोजक पक्षले जनाएको छ।
Read full story at source (hamrakura.com)