दिउँसो धेरै भारी, राति भारी वर्षाको सम्भावना
barnanmedia.com · Fri Aug 14 00:42:24 GMT 2026

काठमाडौं । देशका केही प्रदेशमा आज वर्षाको सम्भावना छ । केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना रहेको छ । दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका धेरै स्थान कोसी र पाग्मती प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
Read full story at source (barnanmedia.com)