‘कंगोमा इबोला संक्रमण हालसम्मकै घातक बन्दै’-डब्लूएचओ
kendrabindu.com · Fri Aug 14 01:15:49 GMT 2026

जेनेभा । प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) मा फैलिएको इबोला प्रकोप अहिलेसम्मकै सबैभन्दा घातक बन्ने दिशामा अघि बढेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। डब्लूएचओका महानिर्देशक टेड्रोस एडहानोम गेब्रेएससले सन् २०२६ को यो प्रकोप ‘हालकै गतिमा अघि बढिरहे’ सन् २०१४–२०१६ को प्रकोपलाई समेत उछिन्ने बताएका हुन्।
सन् २०१४–२०१६ को इबोला प्रकोपमा कम्तीमा ११ हजार जनाको मृत्यु भएको थियो। यस वर्ष १५ मेमा यो प्रकोप घोषणा गरिएको थियो। त्यसयता कम्तीमा ४ हजार ३ सय जनामा संक्रमण पुष्टि र २ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। डब्लूएचओले बुधबार तीन महिनाभित्र रोगको फैलावट घटाउने आशा व्यक्त गरेको थियो। तर, यसको अर्थ प्रकोप पूर्ण रूपमा अन्त्य हुने सम्भावना नरहेको उक्त संस्थाले चेतावनी दिएको छ। डब्लूएचओले त्यस अवधिमा संक्रमण फैलिने क्रमलाई नियन्त्रणमा ल्याउन मात्र सकिने जनाएको छ।
Read full story at source (kendrabindu.com)