आकस्मिक बाढीको जोखिम, उच्च सतर्कता अपनाउन गृहमन्त्रीको आग्रह
himalpress.com · Fri Aug 14 01:29:04 GMT 2026

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले आज रातिदेखि भोलिसम्म विभिन्न नदी तथा खोलानालामा आकस्मिक बाढी, गेग्रान बहाब (डेब्रिस फ्लो) र जल सतह बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन्।
उनको सचिवालयले जारी गरेको विशेष अलर्टअनुसार गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, पर्वत, म्याग्दी, बागलुङ, रोल्पा र प्युठान तथा आसपासका जिल्लामा तत्काल लागू हुने गरी भोलि बिहानसम्म आकस्मिक बाढी र गेग्रान बहाबको उच्च जोखिम रहेको छ।
Read full story at source (himalpress.com)