कसको नियन्त्रणमा छ स्ट्रेट अफ होर्मुज ? के-के हुँदैछ पश्चिम एसियामा ?
barnanmedia.com · Fri Aug 14 01:22:20 GMT 2026

अमेरिका–इरान युद्ध सुरु भएको करिब आधा वर्ष पुग्न लाग्दा विश्वभर तेलको भण्डार तीव्र रूपमा घटिरहेको छ। स्ट्रेट अफ होर्मुज हुँदै हुने जहाज आवतजावत लगभग ठप्प छ। यहीबिच अमेरिका र इरानबिच यो महत्त्वपूर्ण समुद्री मार्गमाथि वास्तविक नियन्त्रण कसको छ भन्ने विवाद चर्किएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटक–पटक स्ट्रेट अफ होर्मुजमाथि अमेरिकाको ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गर्दै आएका छन्। साउदी अरब र इराकजस्ता देशबाट विश्व बजारमा तेल पुर्याउने यो मार्गमा अमेरिकी नौसेनाले नियन्त्रण कायम गरेको ट्रम्पको भनाइ छ। बुधबार उनले अमेरिकी नौसेनाले स्ट्रेट अफ होर्मुजमा रहेका समुद्री माइनसमेत हटाइसकेको दाबी गरे।
Read full story at source (barnanmedia.com)