सिटिजन्स बैंकको खुद नाफा २ अर्बमाथि, एक वर्षमै ६३% बढ्यो
clickmandu.com · Fri Aug 14 01:33:31 GMT 2026

काठमाडौं । सिटिजन्स बैंकले आर्थिक वर्ष २०८२/८३ मा वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेको छ । बैंकको खुद नाफा ६३.०५ प्रतिशतले बढेर २ अर्ब ९ क्रोड ८६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा १ अर्ब २८ करोड ७१ लाख रुपैयाँ रहेको थियो । यससँगै बैंकको खुद नाफा एक वर्षमा ८१ करोड १५ लाख रुपैयाँभन्दा बढीले वृद्धि भएको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ८ रुपैयाँ ७१ पैसाबाट बढेर १३ रुपैयाँ ५३ पैसा पुगेको छ । यसले बैंकको आम्दानी क्षमतामा सुधार भएको देखाउँछ ।
Read full story at source (clickmandu.com)