एनसेलको छानबिन प्रतिवेदन : कारोबारदेखि कर र क्रसहोल्डिङसम्म प्रश्न
annapurnapost.com · Fri Aug 14 01:45:29 GMT 2026

काठमाडौं : एनसेलको सेयर तथा स्वामित्व हस्तान्तरणमा पटक–पटक विदेशी संरचना प्रयोग भएको, ८० प्रतिशत सेयर खरिद–बिक्री पूर्वस्वीकृतिबिनै भएको र कारोबार मूल्य तथा लगानीको स्रोतसमेत स्पष्ट नभएको भन्दै छानबिन समितिले गम्भीर प्रश्न उठाएको छ।पूर्वमहालेखा परीक्षक टंकमणि शर्मा दंगाल नेतृत्वको समितिले एनसेलको सेयर कारोबारबारे थप अनुसन्धान गर्न सुझाव दिएको छ।कर, विदेशी लगानी, राजस्व चुहावट, सम्पत्ति शुद्धीकरण र एनसेल–स्मार्ट टेलिकमबीच सम्भावित ‘क्रसहोल्डिङ’बारे पनि अनुसन्धान गर्न भनिएको छ।
सरकारले मन्त्रिपरिषद्को निर्णयपछि समितिको ११८ पृष्ठको ‘एनसेलको सेयर खरिद बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गरेको छ।समितिले एनसेल स्थापना भएदेखि हालसम्म भएका सेयर हस्तान्तरण, अफसोर कारोबार, लाभांश, कर तथा गैरकर दायित्व र नियामकीय प्रक्रिया अध्ययन गरेको छ।
Read full story at source (annapurnapost.com)