कास्कीमा बाढीले दुईवटा पुल बगायो, मन्दिरमा फसेका तीनजनाको उद्धार प्रयास जारी
baahrakhari.com · Fri Aug 14 01:50:55 GMT 2026

काठमाडौं । कास्कीमा बाढीले दुईवटा पुल बगाएको छ । गएराति २ः१५ बजे बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाएको हो । मन्दिरमा तीनजना फसेका छन् । उनीहरूको उद्धार प्रयास जारी छ ।
अन्नपूर्ण गाउँपालिका ५ र ६ को सिमाना नयाँ पुल–बिरेठाँटी सडकखण्डको छेउमा मोदीखोलाको बीचमा रहेको अन्नपूर्ण माता मन्दिरमा रहेको दुईवटा मेटलको पुल बाढीले बगाएको प्रहरीले बताएको छ ।
Read full story at source (baahrakhari.com)