पहिरोले काठमाण्डु-मुग्लिङ सडक बन्द
kathmandupati.com · Fri Aug 14 02:31:17 GMT 2026

काठमाण्डु – धादिङको थाक्रे गाउँपालिका–६ आठकिलोमा पहिरो खस्दा मुग्लिङ–काठमाण्डु सडकखण्ड दुवैतर्फ अवरुद्ध भएको छ।
पहिरो खस्दा उक्त सडक दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरी जनाएको छ। प्रहरीका अनुसार राजमार्गमा पहिरो खसेका कारण काठमाण्डु भित्रिने र बाहिरिने सवारीसाधनहरू बिच सडकमै रोकिएका छन्।
Read full story at source (kathmandupati.com)