अविरल वर्षाका कारण कोशी र बागमती प्रदेशका मुख्य राजमार्गहरू अवरुद्ध
nepalviews.com · Fri Aug 14 02:35:21 GMT 2026

काठमाडौं । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीको तथ्यांकअनुसार कोशी र बागमती प्रदेशका आधा दर्जनभन्दा बढी सडक खण्डमा यातायात सेवा प्रभावित भएको छ।
बागमती प्रदेशमा सबैभन्दा बढी सडक अवरोध देखिएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका–६ आठकिलोमा आज बिहान सवा २ बजे पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ।
Read full story at source (nepalviews.com)