पुजारीको भेषमा लुकिछिपी बस्दै आएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्ष पछि पक्राउ
ratopati.com · Fri Aug 14 03:08:08 GMT 2026

जनकपुरधाम । सिराहामा साधुबाबा (पुजारी)को भेषमा लुकिछिपी बस्दै गरेको अवस्थामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी ४३ वर्ष पछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार पक्राउ पर्नेमा लक्ष्मीपुर पतारी गाउँपालिका ५ खरुक्याहीका ८० वर्षीय ठकाई यादव रहेका छन् । प्रहरीका अनुसार यादव समेत ११ जना प्रतिवादीहरू मिलेर २०४१ वैशाख १ गते सोही स्थानमा वैशाखे मेलाको अवसरमा मन्दिरमा बोका चढाउने विषयमा विवाद हुँदा साबिक खरुक्याही गाविस ४ बस्ने रजिन्द्र यादवलाई घेरा हाली कुटपिट गरी हत्या गरेका थिए ।
Read full story at source (ratopati.com)