बन्दुकको बलले लोकतन्त्र चल्दैन
nepalviews.com · Fri Aug 14 03:15:12 GMT 2026

पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठको पक्राउलाई नियमित अपराधमा संलग्न कुनै व्यक्तिको पक्राउजस्तो सामान्य घटनाका रूपमा लिन मिल्दैन । एउटा पत्रकार पक्राउ परेको घटनाभन्दा यसको सन्देश ठूलो छ । यो घटना प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतान्त्रिक शासनप्रणालीप्रति राज्यको दृष्टिकोण कस्तो छ भन्ने प्रश्नसँग जोडिएको छ ।
नेपालको संविधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । लोकतन्त्रमा यो अधिकार पत्रकारको मात्र अधिकार होइन, आम नागरिकको अधिकार हो । प्रेस जनताको आवाज बोल्ने माध्यम हो । त्यसैले प्रेसमाथिको नियन्त्रण, भय वा हस्तक्षेप अन्ततः जनताको जान्न पाउने अधिकारमाथिको हस्तक्षेप हो ।
Read full story at source (nepalviews.com)