मोदी खोलामा भीषण बाढी, मन्दिरमै फसेका तीन जनाको सकुशल उद्धार
newsofnepal.com · Fri Aug 14 03:18:53 GMT 2026

कास्की ।
अविरल वर्षापछि मोदी खोलामा आएको बाढीका कारण खोलाको बीचमा रहेको मन्दिरमा फसेका तीन जनाको सकुशल उद्धार गरिएको छ। कास्कीको अन्नपूर्ण गाउँपालिका–६ हाईजुङस्थित मोदी खोलाको बीचमा रहेको माता अन्नपूर्ण मन्दिरमा बाढी आएपछि पुजारीसहित तीन जना फसेका थिए। उनीहरू जोखिममा रहेको सूचना शुक्रबार राति १ः२७ बजे प्राप्त भएपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली उद्धारका लागि परिचालन भएको थियो।
Read full story at source (newsofnepal.com)