जापानको चिबा प्रान्तमा रेकर्डब्रेक वर्षा: चार जनाको मृत्यु, नारिता विमानस्थलमा हजारौं यात्री अलपत्र
lokaantar.com

जापानको टोक्यो नजिकै रहेको चिबा प्रान्तमा भएको मुसलधारे वर्षाका कारण चार जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। रेकर्डब्रेक वर्षाका कारण हजारौँ यात्रीहरू नारिता विमानस्थल र विभिन्न स्टेसनहरूमा रातभर अलपत्र परेको बीबीसीले जनाएको छ ।
टोक्योको पूर्वमा पर्ने चिबा प्रान्तमा बिहीबार दिउँसोदेखि प्रतिघण्टा १०० मिलिमिटर (४.५ इन्च) भन्दा बढी वर्षा रेकर्ड गरिएको थियो । चिबा सिटीमा मात्रै प्रतिघण्टा ११.५ सेन्टिमिटर र साकुरा सिटीमा ९.७ सेन्टिमिटर वर्षा भएको छ, जुन अगस्ट महिनाको औसत वर्षाको तुलनामा करिब तीन गुणा बढी र अहिलेसम्मकै कीर्तिमानी वर्षा हो।
Read full story at source (lokaantar.com)