अरुण क्षत्री मदनकृष्णको हरिवंश बन्दै थपिइन् वर्षा राउत पनि
newsofnepal.com · Fri Aug 14 03:43:41 GMT 2026

रिलिजमा रहेको ब्लकबस्टर फिल्म गौथलीबाट चर्चा कमाइरहेका अभिनेता अरुण क्षेत्री अब नेपाली हास्य इतिहासका चर्चित पात्र हरिवंश आचार्यको भूमिकामा देखिने भएका छन्। ख्यातिप्रँप्त अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको जीवनमा आधारित बायोपिक फिल्म म
मदनकृष्णका लागि उनलाई हरिवंशको भूमिकामा अनुबन्ध गरिएको हो।निर्माण टिमले यसस“गै अर्को महत्वपूर्ण घोषणा पनि गरेको छ। अरुणले म मदनकृष्णस“गै भविष्यमा निर्माण हुने हरिवंश आचार्यको छुट्टै बायोपिकमा पनि शीर्ष भूमिका निर्वाह गर्ने गरी एकैपटक सम्झौता गरेका छन्। निर्देशक मिलन चाम्सका अनुसार हरिवंशको भूमिकाका लागि सक्षम कलाकारको खोजी गर्ने क्रममा अरुण छनोटमा परेका हुन्। ‘हामीले म मदनकृष्णमा हरिवंश दाइको भूमिकाका लागि अरुणलाई लिएका छौ। यससगै हरिवंश आचार्यको जीवनमा आधारित बायोपिकका लागि पनि उहा“स“ग सम्झौता गरेका छौ। उहाको अभिनयले दर्शकको अपेक्षा पूरा गर्नेमा हामी विश्वस्त छौ“’ मिलन भन्छन्। हरिवंशको पत्नीको भूमिकामा भने वर्षा राउतलाई लिइएको छ।
Read full story at source (newsofnepal.com)