स्वतन्त्र प्रेसमाथि सरकारको छापामार शैली
janaaastha.com

जनआस्था दैनिकका प्रधानसम्पादक तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई समाचार लेखेकै भरमा प्रहरीले पक्राउ गरेपछि प्रेस स्वतन्त्रता र लोकतन्त्रको भावी दिशालाई लिएर गम्भीर प्रश्न उठेको छ। प्रहरीले ललितपुरको ठाडोढुङ्गास्थित जनआस्थाको कार्यालयमा पुगेर समाचार सम्प्रेषणमा प्रयोग हुने विद्युतीय उपकरणहरूसमेत जफत गरेको छ। सञ्चारगृहभित्रै छिरेर सञ्चार उपकरण जफत गर्ने र पत्रकारलाई नियन्त्रणमा लिने यो शैलीलाई अधिकारकर्मी तथा सञ्चार क्षेत्रले लोकतन्त्रमाथिको सीधा प्रहारका रूपमा हेरेका छन्।
Read full story at source (janaaastha.com)