त्रिशूलीमा बालुवा संकलन पुनः सुरु
annapurnapost.com · Fri Aug 14 04:17:31 GMT 2026

धादिङ : धादिङको गजुरी गाउँपालिका–५ राईगाउँका मजदुरहरू त्रिशूली नदीबाट हातैले बालुवा संकलन गर्ने काममा पुनः फर्किएका छन्। केही दिनदेखि रोकिएको बालुवा संकलन कार्य समाचारको प्रभावसँगै गजुरी गाउँपालिकाको पहल र समन्वयपछि बिहीबारदेखि पुनः सञ्चालनमा आएको हो।
सुरक्षा सामग्रीको प्रयोग गरी सावधानीपूर्वक काम गर्ने सहमति भएपछि मजदुरहरू नदीमा फर्किएका हुन्। गजुरी गाउँपालिकाले नदीमा काम गर्दा हुन सक्ने जोखिम न्यूनीकरणका लागि मजदुरहरूलाई ‘लाइफ ज्याकेट’, ‘लाइफ रिङ’ लगायतका सुरक्षा तथा उद्धार सामग्री उपलब्ध गराएको छ।
Read full story at source (annapurnapost.com)