अभिनेत्री तथा गायिका सेलेना गोमेजविरुद्ध ठगी मुद्दा
barnanmedia.com · Fri Aug 14 04:16:38 GMT 2026

काठमाडौं । अभिनेत्री तथा गायिका सेलेना गोमेजले मानसिक स्वास्थ्यसम्बन्धी खोलिएको आफ्नै स्टार्टअप कम्पनी ‘वन्डरमाइन्ड ग्लोबल’ मा ठगी गरेको आरोपमा कानुनी फन्दामा परेकी छन् ।
डेलावेयर संघीय अदालतमा बिहिबार दर्ता गरिएको मुद्दामा गोमेज, उनकी आमा म्यान्डि टीफी र पूर्व व्यावसायिक साझेदार डानिएला पियर्सनविरुद्ध ठगी तथा ठेक्का भंग (ब्रिच अफ कन्ट्रयाक्ट) को गम्भीर आरोप लगाइएको छ । ‘यूएसए टुडे’ ले प्राप्त गरेको अदालती कागजातअनुसार वादी पक्षहरू ‘वन्डरमाइन्ड एसआरएस ४४’ र ‘बेस्पोक वन्डरमाइन्ड एसपीभी’ ले सन् २०२२ मा उक्त कम्पनीमा करिब १२ लाख अमेरिकी डलर लगानी गरेका थिए ।
Read full story at source (barnanmedia.com)