प्रचण्ड गर्मीले जमिनभित्रै ‘उसिनिए’ आलु
nagariknews.nagariknetwork.com · Fri Aug 14 04:18:14 GMT 2026

दक्षिण कोरियाको राजधानी सिओलबाट १३० किलोमिटर उत्तरपूर्वमा पर्ने याङगु काउन्टीका किसान ली साङ हयुकले आलु निकाल्न खेत खने। तर बचाउन लायक एउटा पनि आलु भेटिएन। एक साता अघिसम्म गाङवोन प्रान्तमा रहेको उनको खेतको अवस्था सामान्य देखिन्थ्यो। एक सातापछि खन्दा आलु कुहिन थालेका थिए। आलु उसिनिएका थिए। अत्यधिक गर्मीले जमिन नै भट्टीजस्तो बनेपछि आलु कुहिएका हुन्। ‘यो एक–दुई वटा खेतको मात्र अवस्था होइन। म यसलाई शब्दमा कसरी व्यक्त गरूँ ? निकै दुःख लागेको छ,’ उनले स्थानीय प्रसारक संस्था एसबिएससँग भने।
उनको नष्ट भएको बाली पूर्वी एसियामा यस पटकको गमीको चरम उदाहरण मात्र हो। पछिल्ला केही सातामा दक्षिण कोरिया, जापान र हङकङमा कीर्तिमान तोड्ने गर्मी छ। अगस्ट २ मा दक्षिणपूर्वी सहर याङसानमा तापक्रम ४२.५ डिग्री सेल्सियस पुग्यो। आधुनिक मौसम मापन सुरु भएयता सन् १९०४ पछि दक्षिण कोरियामा रेकर्ड गरिएको यो सबैभन्दा उच्च तापक्रम हो।
Read full story at source (nagariknews.nagariknetwork.com)