ट्याक्टरमा काठ लोड गर्नेक्रममा मुढाले किच्दा एक जनाको मृत्यु
onlinekhabar.com · Fri Aug 14 04:28:33 GMT 2026

२९ साउन, खोटाङ । खोटाङमा ट्याक्टरमा काठ लोड गर्नेक्रममा मुढाले किच्दा एकको मृत्यु भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीको धापमा को २ त ९६९९ नम्बरको ट्याक्टरमा उत्तिसको काठ लोड गर्नेक्रममा ट्याक्टरको डालाबाट मुढासँगै लडी झर्दा पाख्रिबास नगरपालिक-३ धनकुटाका ३५ वर्षीय लिला मगरको मृत्यु भएको हो ।
Read full story at source (onlinekhabar.com)