सडक सीमा पुनरावलोकन गर्न सभापति लामिछानेको ध्यानाकर्षण
reportersnepal.com · Fri Aug 14 04:31:41 GMT 2026

ताप्लेजुङ, २९ साउन । ताप्लेजुङका सरोकार भएका निकायका प्रतिनिधिले बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारलगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन् ।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापासहितको प्रतिनिधिमण्डलले सभापति लामिछानेसँग भेट गरी मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका–८ खोक्सेखोलाबाट सुकेटारसम्मको सडक सीमा पुनरावलोकनका लागि पहल गरिदिन आग्रह गरेको हो ।
Read full story at source (reportersnepal.com)