एनएलजी इन्स्योरेन्को नाफा ५ करोड ७८ लाख, इपीएस कति ?
arthasansar.com · Fri Aug 14 04:40:10 GMT 2026

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानीमा गिरावट आएको छ ।
समीक्षा अवधिमा एनएलजी इन्स्योरेन्सले ५ करोड ७८ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको तुलनामा ६२.३१ प्रतिशतले न्यून हो । अघिल्लो वर्ष कम्पनीले १५ करोड ३३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विशेषगरी कम्पनीको खर्च र दाबी भुक्तानीमा भएको उच्च वृद्धिका कारण नाफामा संकुचन देखिएको हो ।
Read full story at source (arthasansar.com)