२८ प्रतिशतले बढ्यो प्राइम कमर्सियल बैंकको नाफा, प्रतिसेयर आम्दानी कति ?
arthasansar.com · Fri Aug 14 04:47:47 GMT 2026

प्राइम कमर्सियल बैंक लिमिटेडको नाफामा उच्च वृद्धि देखिएको छ । बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफामा सुधार देखिएको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ४ अर्ब ११ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २८.४९ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३.३० प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी १५.०५ प्रतिशत बढेको छ ।
Read full story at source (arthasansar.com)