चट्याङ लागेर रोल्पामा पुरुषको मृत्यु
kendrabindu.com · Fri Aug 14 04:52:01 GMT 2026

काठमाडौं । रोल्पाको पूर्वी क्षेत्र लुङ्ग्री गाउँपालिका–१ खदर गाउँमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका–१ खदर निवासी ५९ वर्षीय वीरबहादुर खत्री रहेका छन्। प्रहरीका अनुसार बिहीबार राति करिब ८:३० बजे आफ्नै घरमा बसिरहेको अवस्थामा खत्रीलाई अचानक चट्याङ लागेको थियो।
चट्याङ लागेर घाइते भएका खत्रीलाई स्थानीय स्वास्थ्य चौकी पाङमा उपचारका लागि पुर्याइएको थियो। उपचारकै क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
Read full story at source (kendrabindu.com)