रोल्पाको सुनछहरीको भित्रीगाममा ४ जना पहिरोमा पुरिए
annapurnapost.com · Fri Aug 14 04:49:59 GMT 2026

रोल्पा : रोल्पाको सुनछहरी गाउँपालिका-२, भित्रीगाममा पहिरोले पुरिएर ४ जना बेपत्ता भएका छन्। कोटलबाराको पहिरोको घटना सेलाउन नपाउँदै भित्रीगाममा २ महिला र २ पुरुष पुरिएका हुन्।
जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक (प्रनाउ) पञ्चकुमार बाखुका अनुसार बिहीबार राति करिब १० बजे घरमाथि पहिरो खसेको थियो। पहिरोले एउटा घरका १ पुरुष र २ महिला तथा अर्को घरका १ पुरुषलाई पुरेको हो।
Read full story at source (annapurnapost.com)