हाइड्रोपावर कम्पनीको नाफामा ठूलो उछाल, एक वर्षमै कसले कति कमाए ?
ajakoartha.com · Fri Aug 14 04:53:00 GMT 2026

काठमाडौं– गत आर्थिक वर्ष २०८२र८३ को चौथो त्रैमाससम्म सूचीकृत जलविद्युत् कम्पनीहरूको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ। विद्युत् उत्पादन तथा बिक्रीबाट हुने आम्दानी बढ्नु, अनुकूल जलप्रवाह र वित्तीय खर्चमा आएको कमीका कारण अधिकांश जलविद्युत् कम्पनीको नाफा उल्लेख्य रूपमा बढेको हो।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४९ वटा सूचीकृत हाइड्रोपावर कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यी कम्पनीहरूको कुल खुद नाफा ८ अर्ब ६ करोड ९८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरूको कुल नाफा ३ अर्ब ८९ करोड ११ लाख रुपैयाँ थियो। यस आधारमा एक वर्षमा जलविद्युत् कम्पनीहरूको समग्र नाफा १०७.४ प्रतिशतले बढेको हो।
Read full story at source (ajakoartha.com)