सागर डिष्टिलरीको वित्तीय अवस्था कमजोर, ५ करोड ७२ लाख नोक्सानी अन्य सूचक कस्ता ?
arthasansar.com · Fri Aug 14 04:58:48 GMT 2026

सागर डिष्टिलरी लिमिटेडको नोक्सानी बढेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा नोक्सानी बढेको हो ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनी ५ करोड ७२ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो नोक्सानी ३ करोड ५३ लाख रुपैयाँ थियो । समीक्षा अवधिमा कम्पनीको बिक्री वितरण खर्च र वित्तीय खर्च बढेका कारण खुद नोक्सानी बढ्न पुगेको हो । कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीले ४७ करोड ६३ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १४५.४८ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो आम्दानी १९ करोड ४० लाख रुपैयाँ थियो।
Read full story at source (arthasansar.com)