भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु
emountaintv.com · Fri Aug 14 05:08:26 GMT 2026
भारतका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा १५ जनाको मृत्यु भएको छ भने अन्य केही व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरूले बुधबार यी दुर्घटनाहरूको पुष्टि गरेका हुन् । दक्षिण भारतीय राज्य तेलङ्गानामा एउटा भारी सवारी साधनले तीन पाङ्ग्रे सवारी साधन (अटो) लाई ठक्कर दिँदा पाँच महिलासहित ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अन्य ६ जनालाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ । यसैगरी, भारतको मध्य प्रदेश राज्यमा भएको अर्को घटनामा एकै परिवारका ६ जनासहित ९ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण उर्लिएको नालाले यात्रुवाहक सवारी साधनलाई बगाउँदा उक्त हताहती भएको हो । स्थानीय अधिकारीकाअनुसार सवारी साधनमा सवार कुल ११ जनामध्ये दुई जनाले पौडी खेलेर ज्यान जोगाउन सफल भएका छन् ।
Share this:
Read full story at source (emountaintv.com)