ऊर्जा मन्त्री श्रेष्ठका निजी क्षेत्र सल्लाहकारमा गणेश कार्की नियुक्त
bishowkhabar.com · Fri Aug 14 05:09:57 GMT 2026

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले निजी क्षेत्रको तर्फबाट ऊर्जा उद्यमी गणेश कार्कीलाई सल्लाहकार नियुक्त गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान का निवर्तमान अध्यक्षसमेत रहेका कार्कीलाई मन्त्री श्रेष्ठले बिहीबार निजी क्षेत्रतर्फको सल्लाहकार नियुक्त गरेका हुन् ।
पछिल्लो समय निजी क्षेत्रले विद्युत् उत्पादनदेखि विद्युत् व्यापारसम्म विभिन्न माग उठाउँदै आएको छ। विद्युत् उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको निजी क्षेत्रले विद्युत् खरिद सम्झौता खुलाउनुपर्ने, विद्युत् व्यापारमा सहभागिता सुनिश्चित गर्नुपर्ने लगायतका माग गर्दै आएको छ ।
Read full story at source (bishowkhabar.com)