प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
annapurnapost.com · Fri Aug 14 05:12:57 GMT 2026

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन शुक्रबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक २.१० अंकले घटेर २६४९.११ विन्दुमा अडिएको छ।
यो समयमा ६१ वटा स्क्रिप्सको २६ हजार ८४ कित्ता सेयर १ करोड ४५ लाख ५७ हजार ३८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा ३५ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
Read full story at source (annapurnapost.com)