अर्घाखाँचीमा बाख्रामा पीपीआर संक्रमण, प्रभावित क्षेत्र सिल
annapurnapost.com · Fri Aug 14 05:20:48 GMT 2026

अर्घाखाँची : अर्घाखाँचीमा बाख्रामा फैलिने संक्रामक रोग पीपीआर देखा परेको छ । पीपीआर पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालयले रोग प्रभावित क्षेत्रका रूपमा पहिचान भएका भूमिकास्थान नगरपालिका–४ को बिष्टबारी र मकैडाँडा, वडा नं. ५ को असुरकोट तथा वडा नं. ८ को नुवाकोट उप्रिकोट क्षेत्रलाई सिल गरेको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले जानकारी दिए ।
अर्को आदेश नभएसम्म ती क्षेत्रबाट बाख्रा अन्यत्र ओसारपसार नगर्न कडाइका साथ निर्देशन दिइएको छ। आदेश उल्लंघन गरी बाख्रा ओसारपसार गरेको पाइएमा स्थानीय प्रहरी जनशक्ति तथा स्थानीय तहबाट रोक्ने व्यवस्था गरिएको छ।
Read full story at source (annapurnapost.com)